एजेन्सी ।। चीनको ‘वेस्ट काउलून कल्चरल डिस्ट्रक्ट’ स्थित हङकङ दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ । सङ्ग्राहलयमा सङ्कलन गरेको ९ सयभन्दा बढी प्राचीन, सांस्कृतिक तथा सार्वजनिक महत्त्वका सामग्रीहरू राखिएको छ । सङ्ग्राहलयमा हुने प्रदर्शनीको सुरुको चार हप्ताका लागि करिब एक लाख ४० हजार टिकटमध्ये ८० प्रतिशत टिकट बिक्री भइसकेको सङ्ग्राहलय प्रशासनले जनाएको छ । हङकङ सरकारको संस्कृति, खेलकुद र पर्यटनमन्त्री केभिन योङले सङ्ग्राहलयले चीनको असल इतिहास (कथा) सुनाउन हङकङको आफ्नै सांस्कृतिक विषयबाट लाभ लिने बताउनुभयो । सङ्ग्राहलयले सामान्य प्रवेशको शुल्क ५० हङकङ डलर अर्थात् लगभग ६ दशमलव ३७ अमेरिकी डलर तय गरेको छ भने विशेष प्रदर्शनी टिकटको शुल्क १ सय २० हङकङ डलर अर्थात् १५ दशमलव २९ अमेरिकी डलर तय गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।