काठमाडाैं ।। जनता समाजवादी पार्टी (जसापा) नेपालले सरकारमा रहेका आफ्ना तीनजना मन्त्रीलाई फिर्ता बोलाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागीमध्ये तीन जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिएको जसपाका नेता प्रमोद कुमार गुप्ताले बताउनुभयो । उहाँका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाउने निर्णय भएको हो । गुप्ताका अनुसार अब कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मा मृगेन्द्र सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरण मन्त्रालयमा प्रदीप यादवलाई पठाउने निर्णय भएको छ । नयाँ मन्त्रीहरूको शपथ ग्रहण सम्भवतः आजै हुने पनि उहाँले जानकारी दिनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।