काठमाडौँ ।। नेपालमा हरेक वर्ष ८० लाख मेट्रिक टन चामल खपत हुने गरेको तथ्याङ्कले देखाएको छ । नेपालमा भारत लगायत चीन, अमेरिका, दक्षिण कोरिया, भियतनाम, थाईल्यान्ड लगायतका मुलुकबाट चामल आयात हुने गरेको छ । जसमा ७० प्रतिशत मसिनो तथा बास्नादार चामल छ । केही वर्षअघिसम्म कम्तिमा एक छाक च्याँख्ला, ढिँडो अथवा रोटी खाने गरेको भएपनि अहिले त्यो चलन नहुँदा धान चामलको खपत बढ्दै गएको हो । ‘राइस स्ट्राटेजी फर नेपाल’ शीर्षकको एक शोधपत्रले सन् २०३५ सम्ममा नेपाललाई वार्षिक एक करोड दुई लाख ६० हजार मेट्रिक टन चामल आवश्यक पर्नसक्ने अनुमान गरेको छ । तर हालको उत्पादकत्वले त्यो आँकडा भेटाउन मुस्किल रहेको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । कृषि मन्त्रालयका अनुसार नेपालमा कुल १४ लाख ७० हजार हेक्टर जग्गा धानखेतीका लागि योग्य छ । तर त्यसको ३० प्रतिशतमा मात्रै सिँचाई सुविधा उपलब्ध छ । बाँकी जमिनमा समेत सिँचाई पु¥याउन सके उत्पादन केही बढाउन सकिने विज्ञहरू बताउँछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here