एजेन्सी ।। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने बताउनुभएको छ ।
स्पेनमा भइरहेको उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको महत्त्वपूर्ण शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उहाँले युक्रेनलाई आधुनिक हातहतियार अति आवश्यक रहेको समेत जानकारी गराउनुभएको छ ।
जेलेन्स्कीले रुसको आक्रमण अहिले युक्रेनमा केन्द्रित भए पनि आउँदा दिनमा युक्रेनमा मात्र सीमित नहुने चेतावनी पनि दिनुभएको छ । उहाँले यसतर्फ गम्भीर बन्न पनि नेटोका नेताहरूलाई आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनले शान्ति भङ्ग गरेकाले अमेरिकाले युरोपभरि आफ्नो सैन्य उपस्थिति विस्तार गर्ने घोषणा गर्नुभएको थियो ।
नेटो प्रमुख येन्स स्टोल्टनवर्गले शीतयुद्धको अन्त्यपछि गठबन्धनमा सबैभन्दा ठूलो फेरबदल हुने बताउनुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here