जनकपुर ।। मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका सहिद परिवारलाई मासिक २१ हजार रुपैयाँ दिने भएको छ। सहिद परिवारको भरणपोण बापत गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको मधेशी सहिद प्रतिष्ठानले मासिक २१ हजार रुपैयाँ दिन लागेको हो । त्यस्तै सहिदका छोराछोरीलाई समेत निःशुल्क पठनपाठनका लागि छात्रवृत्ति दिन लागेको प्रतिष्ठानले जनाएको छ ।भरणपोषण तथा छात्रवृत्ति सम्बन्धी कार्यविधिक २०७९ को दफा (६) बमोजिम मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएका परिवारको आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखी मासिक अधिकतम २१ हजार रुपैयाँका दरले मधेशी सहिद प्रतिष्ठानको निर्णय गरेको हो ।
सहिदका सन्तानलाई कक्षा १ देखि ६ सम्म १६ हजार रुपैयाँ र कक्षा ७ देखि १२ सम्म १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिने मन्त्रालयले जनाएको छ ।
भरणपोषण तथा छात्रवृत्तिको लागि प्रतिष्ठानले गत जेठ १० गते सूचना प्रकाशित गरेर आवेदन दिन सहिद परिवारहरुलाई आह्वान गरेको छ।
यस्तो सुविधा मधेश आन्दोलन र जनयुद्धमा सहिद भइ नेपाल सरकारबाट समेत सहिद घोषणा भएकाको परिवारले मात्र पाउने छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here