बुटवल ।। लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले बुधबार पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामापत्र मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक तुलाराम घर्तीले जानकारी दिए ।
गएको जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति गठन गरेको थियो । छानबिन समितिलाई सघाउन उनले राजीनामा दिएको लुम्बिनी सरकारका प्रवक्ता एवं छानबिन समितिका संयोजक मन्त्री तिलकराम शर्मालाई उदृत गर्दै घर्तीले जनाए ।
श्रीमान् उत्तरकुमार वलीको सडक दुर्घटनामा परी मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ ‘ख’मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी उनले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।
राज्यमन्त्री वलीले दिइन् राजीनामा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।