काठमाडाैं ।। आज अन्तरराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्र सङ्घको सन् १९८७ को घोषणापत्रमा उल्लेख गरिए अनुसार हरेक वर्ष जून २६ तारिखमा यो दिवस मनाउने गरिएको हो । यो वर्ष अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसको नारा ‘स्वास्थ्य र मानवीय सङ्कटका समयमा लागु पदार्थको चुनौतीहरूको सम्बोधन’ भन्ने तय गरिएको छ । नेपालमा पनि लागु औषधविरुद्ध क्रियाशील सरकारी तथा गैरसरकारी निकायले चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् ।





