रौतहट ।। शिक्षा, स्वास्थ्य , कृषि तथा रोजगार माधव नारायण न. पा. को समृद्धिको आधार मूल नाराका साथ नगर सभाको सातौ अधिवेशन सम्पन्न भएको छ ।
४५ करोडको बजेट सहित माधव नारायण न.पा. नगर प्रमुख बैजनाथ (बैजु) यादवले आर्थिक वर्ष २०७९।०८०को निति तथा कार्यक्रम प्रस्तुत गर्दै सातौ नगरसभा सम्पन्न गर्नु भएको हो ।
नगर सभामा नगरउपप्रमुख निर्माला रमन, निमित प्रमुख प्रशासकीय अधिकृत जियालाल यादव सहित सवै वार्डका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वार्ड सदस्य, नगरिक समाजको प्रतिनिधि, कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here