एजेन्सी ।। पाकिस्तानको पञ्जाब प्रान्तमा बलात्कारको घटना बढ्न थालेपछि आतपकालको घोषणा गरिएको छ । महिला र बालबालिकामाथि हुने यौन शोषणका घटना वृद्धि हुन थाले पछि पाकिस्तान सरकारले पञ्जाब प्रान्तमा अनिश्चित कालका लागि आपतकाल घोषणा गरेको हो । विश्वमै पहिलो पटक कुनै मुलुकमा बलात्कार घटना वृद्धि भएर आपतकाल घोषणा गरिएको हो । पञ्जाबका गृहमन्त्री अत्ता तरारले यस्ता घटनामा वृद्धि हुनु समाज र सरकारी अधिकारीका लागि गम्भीर समस्या भएको बताउनुभयोे । पञ्जाब प्रान्तमा दैनिक चारदेखि पाँच वटा बलात्कारका घटनाहरू सार्वजनिक भइरहेका छन् ।





