काठमाडाैं ।। काठमाडौमा हैजा रोकथामको लागि समिति गठन भएको छ । हैजा रोकथाम तथा नियन्त्रणका लागि भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरेको हो । टोलीमा प्रयोशगालाका प्रतिनिधि, जनस्वास्थ्यकर्मी, महानगरपालिकाको स्वास्थ्यकर्मी लगायतका सदस्यहरु रहेका कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख अधिकारीका अनुसार हैजा संक्रमणको कारक तत्व के हो भनेर जान्नको लागि टोली गठन गरिएको हो । उहाँले खानेपानीमै समस्या हुनसक्ने भनेर प्रारम्भिक नतिजा आइसकेको र थप परीक्षणको नतिजाको लागि परिणाम कुरिरहेको बताउनुभयो । हालसम्म काठमाडौंमा ४ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ । पानीका कारण हैजा फैलिएको हुनसक्ने भन्दै उहाँले पानी वितरक र व्यवसायीलाई राम्ररी प्रशोधन गर्न अनुरोध पनि गर्नुभएको छ ।





