काठमाडाैं ।। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । गयराति १२ बजेदेखि नै लागु भएको मूल्य अनुसार पट्रोलमा प्रतिलिटर २१ रूपैयाँ बढाइएको छ । डिजेलमा पनि एकैपटक २७ रुपैयाँ बढाइएको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ९९ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९२ पुगेको छ । मूल्यवृद्धि पछि पनि मासिक ४ अर्ब ७० करोड रुपैयाँ घाटा रहेको निगमले दावी गरेको छ । उपभोक्ता अधिकारकर्मीहरूले इन्धनमा लगातार भइरहेको मूल्य वृद्धिको विरोध गरेका छन् । एक जना उपभोक्ता अधिकारकर्मी जगन्नाथ मिश्रले बढाइएको इन्धनको मूल्यका कारण उपभोग्य वस्तुहरूमा समेत भाउ बढ्ने भएकाले नियमनका लागि पेट्रोलियम कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । सरकारले यसअघि कर छुट गरेर पेट्रोल डिजेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।