काठमाडाैं ।। आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने र एकदुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । विशेषगरी नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका हुन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही, तथा लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेश प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । यस्तै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा सडक अवरुद्ध हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । हाल प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेकाले पानी पर्ने क्रम चलिरहने महाशाखाले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here