काठमाडौँ ।। अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा लगातार भईरहेको मुल्यवृद्धिले महङ्गी बढाएको छ । पछिल्लो एक महिनामा दैनिक उपभोग्य वस्तुको मूल्य ३३ प्रतिशतसम्म बढेको तथ्याङ्कहरूले देखाएको छ । जसले गरिबीको रेखामुनी रहेका र मध्यम वर्गिय परिवारलाई दैनिकी चलाउनै मुस्किल परेको छ । एक महिना अघि नब्बे रुपैयाँमा विक्री भएको मुसुरोको दालको मुल्य ३३ प्रतिशतले बढेको छ । तेल, चिनी र चामल पनि किलोमा २० देखी ५० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । सरकार भन्छ, अत्यावश्यक बस्तुको बजारमूल्य झन्डै ८ प्रतिशतले बढेको छ । बजारको महँगीले सर्वसाधारणको भान्सा प्रभावित भइरहेको छ । दैनिक मजदुरी गर्ने र किसानहरू बढी मारमा परेका छन् । पेट्रोलियम पदार्थको मूल्य अन्तराष्ट्रियस्तरमै बढ्दा त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । ईन्धनको मूल्य यसरी नै बढीरहे आम सर्वसाधारणको दैनिकी अझ प्रभावित हुनसक्ने भएकाले यस्तो अवस्थामा नागरिक आफैले खर्चलाई मितव्ययी बनाउनुपर्ने पूर्व अर्थसचिव कृष्णहरी बास्कोटाले सुझाव दिनुभयो । सरकारले महङ्गी घटाउन चालेका कदम प्रभावकारी नदेखिएकाले यस्तोमा नागरिक आफैँ मितव्ययी बन्नुपर्ने अर्थ क्षेत्रका जानकारहरू बताउँछन् । तरकारी र अन्न उत्पादनमा जोड दिनसके महङ्गी व्यवस्थापनमा सहजता हुने उनिहरूको बुझाई छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here