काठमाडाैं ।। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्न लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि हिजो बसेको केन्द्रीय कार्यालय बैठकले चुनाव समीक्षालगायतका विषयवस्तु छलफलका लागि तय गरेको थियो । एमालेले चुनाव भएका ७ सय ५२ पालिकामध्ये २ सय ५ पालिकामा प्रमुख जितेको थियो । बैठकमा गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण तथा समसामयिक विषय पनि छलफल हुन सक्ने रिजालले बताउनुभयो । साथै, एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट सोमबारकै सचिवालयको बैठकमा पेस गरिनेछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।