काठमाडाैं ।। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकलाई भूराजनीतिक द्वन्द्वको थलो बनाउन लागिएको भन्दै सरकारसँग जवाफ माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर एमाले नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमण, अमेरिकी सेनाको नेपालमा उपस्थिति लगायतका विषयमा प्रश्न उठाउनुभयो । प्रधानमन्त्रीको भ्रमणको औचित्य पुष्टी गर्न माग गर्दै ज्ञवालीले परराष्ट्र सम्बन्धका आधारहरू नभत्काउन माग गर्नुभएको छ । नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा हाम्रो परराष्ट्र सम्बन्धको मूल आधार हुन जरुरी छ । यससँग बाँझिने गरी तालिम वा अरु कुनै नाममा विदेशी सेनाको उपस्थिति हाम्रो संविधानले स्वीकृति दिदैन । ज्ञवालीले भन्नुभयो । प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी दुवै देशका सैन्य निकायबाट भइरहेको भन्दै ज्ञवालीले कुन हैसियतमा भ्रमणमा जान लागेको भन्ने तथ्य संसदलाई जानकारी गराउन माग समेत गर्नुभयो ।भ्रमणको समग्र चाँजोपाँचोमा अमेरिकाको स्टेट डिपार्टमेन्ट र नेपालको परराष्ट्र मन्त्रालय दुबै अग्रपंक्तिमा नदेखिएको भन्दै उहाँले यसले गम्भीर प्रश्न उठाएको भन्दै जवाफ माग गर्नुभयो ।
प्रधानमन्त्री अमेरिका जान लागेको बारेमा जानकारी गराउन एमालेको माग
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।