काठमाडाैं ।। आज बाल श्रम विरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । बाल श्रम विरुद्ध सचेतना जगाउने उद्देश्यले जुन १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले बालबालिकालाई बाल्यअवस्था, उनीहरुको सम्भावना र मर्यादाबाट वञ्चित गर्ने काम जुन शारीरिक र मानसिक स्वास्थ्यका लागि हानिकारक छ, त्यसलाई बालश्रमको रुपमा परिभाषित गरेको छ । कुनै पनि प्रकारको काम जसले बालबालिकालाई विद्यालय शिक्षा लिन रोक्छ भने त्यो पनि बाल श्रम हो । नेपालले बाल श्रम रोक्न तथा समग्र बाल अधिकारको संरक्षण तथा सम्वद्र्धनका लागि बाल अधिकार सम्बन्धी महासन्धि १९८९, श्रमका लागि न्यूनतम उमेर निर्धारण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओ महासन्धि र निकृष्ट प्रकारको बाल श्रम उन्मूलन सम्बन्धी महासन्धि अनुमोदन समेत गरेको छ । नेपालमा अझै पनि डेढ लाखभन्दा धेरै बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेका विभिन्न तथ्याङ्कले देखाएको छ । यसले बालश्रम रोक्न चुनौतीपूर्ण रहेको देखाएको सरोकारवाला निकायले बताएका छन् ।
आज बाल श्रम विरुद्धको दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।