सांकेतिक तस्विर

लमजुङ ।। लमजुङमा सञ्चालित तीन ओटा जलविद्युत गृहमा विद्युत उत्पादन बन्द भएको छ । आज बिहान ६ बजेदेखि ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी र ३० मेगावाटको न्यादी विद्युत गृहमा विद्युत उत्पादन बन्द गरिएको र यो क्रम साँझ ६ बजेसम्म नै चल्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले पोहोरको बाढीले क्षति गरेको ठाउँमा मर्मत गर्नुपर्ने भएकाले उत्पादन बन्द गर्नुपरेको बताउनुभयो । दिनभरी विद्युत उत्पादन बन्द हुँदा समस्या हुने भएकाले निर्यात केही घटाउने योजनामा प्राधिकरण रहेको उहाँको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here