काठमाडौं ।। सत्तारुढ दल एकीकृत समाजवादीले सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नामहरु सिफारिस गरेको छ । ४ मन्त्री र १ राज्यमन्त्रीसहित सरकारमा सामेल रहेको एकीकृत समाजवादीले मन्त्री बन्नेहरु ५ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो ।
जसअनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा सिफारिस गरेको हो ।
यसअघि रामकुमारी झाँक्री, प्रेम आले, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र भवानी खापुङ (राज्यमन्त्री) सरकारमा सामेल रहेका थिए ।
यसअघि सरकार गठनको समयमा भएको सहमतिअनुसार मन्त्री हेरफेर गरिएको एक नेताले बताए । नयाँ मन्त्रीहरुलाई सोमबार सपथ ग्रहण गराइने भएको छ।
एकीकृत समाजवादीबाट बन्ने यी हुन् नयाँ मन्त्रीहरु ?
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।