एजेन्सी ।। पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर यस वर्षको मे महिनामा अत्यधिक मात्रामा वृद्धि भएको छ । नेसनल ओसो निक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए) द्वारा जारी गरिएको तथ्याङ्कअनुसार कार्बनडाइअक्साइडको स्तर औद्योगिक क्रान्ति अघिको तुलनामा हाल ५० प्रतिशतभन्दा भन्दा बढी छ । अमेरिकाको हवाईको मौना लोआ ज्वालामुखीमा एनओएएको मौसम स्टेसनमा मापन गरिएको कार्बन डाइअक्साइड मे महिनामा उच्च बिन्दुमा पुगेको वैज्ञानिकहरूले अस्ति ३ जुनमा घोषणा गरेका थिए । संसारभरका पावर प्लान्टहरू, अटोमोबाइलहरू, फार्महरू र अन्य स्रोतहरूले ठूलो मात्रामा कार्बनडाइअक्साइडलाई वायुमण्डलमा फाल्दा ग्यासको मात्रा अत्यधिक बढेको हो । सन् २०२१ मा कुल ३६ दशमलव ३ अर्ब टन उत्सर्जन भएको थियो, जुन मानव इतिहासमै उच्चतम स्तर हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।