जनकपुर ।। मधेस प्रदेश सरकारले आज आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । दिउँसो ४ बजे मधेस प्रदेशका प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने कार्यक्रम रहेको छ । प्रदेश मन्त्रिपरिषद्ले सरकारको नीति तथा कार्यक्रम हिजो स्वीकृत गरिसकेको छ । नीति तथा कार्यक्रममा आर्थिक स्थिरता कायम गर्ने, आर्थिक वृद्धिदर बढाउने, अनुत्पादक खर्च नियन्त्रण गर्ने, प्रशानिक क्षेत्रमा अनुशासन कायम गर्ने, स्वरोजगार प्रवर्द्धन गर्ने र शिक्षा, स्वास्थ्यमा सुधार ल्याउने योजना समावेश गरिएको अर्थ मन्त्रालयले जनाएको छ । यसैगरी, कृषि, सिँचाइ, स्वास्थ्य तथा पूर्वाधारको निर्माणलाई विशेष प्राथमिकतामा राखिएको पनि मन्त्रालयले जनाएको छ । सरकारले आन्तरिक र बाह्य लगानी भित्र्याउने योजनाहरू प्राथकिमताका साथ समावेश गरेको जनाएको छ । प्रदेश सरकारले असार १ गते नै बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मधेस प्रदेश सरकारले पनि असार १ गते आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्नेछ ।
सुदूरपश्चिम प्रदेश सरकारले पनि आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको दशौं अधिवेशनको पाँचौ बैठकमा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका बनाइएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो । आज बस्ने प्रदेश सभाको बैठकमा प्रदेशका प्रदेश प्रमुख देवराज जोशीद्वारा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here