काठमाडाैं ।। अर्थमन्त्री जनार्दन शर्माले बजेटले निर्वाचनलाई प्रभाव नपार्ने बताउनुभएको छ । बजेट माथिको छलफलमा संसदमा एमालेका सांसदहरूले बजेट आगामी चुनाब केन्द्रीत मात्रै रहेको आरोप लगाएका थिए । छलफलमा एमाले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेट चुनाव केन्द्रित भएको एमाले सांसदहरूको जवाफमा यस्तो बताउनुभएको हो । बजेटमा विगतका कार्यक्रमले निरन्तरता पाएको भन्दै उहाँले जस्तोसुकै अवस्थामा पनि बजेट वार्षिक रुपमै आउने र यो बजेटले निर्वाचनको परिणामलाइ कुनै असर नपार्ने दाबी गर्नुभयो । सबैसँग छलफल र बहस गरेरै बजेट ल्याएको दाबी पनि गर्नुभयो । इन्डक्सन चुलो वितरणको कार्यक्रम भोटका लागि नआएको भन्दै उहाँले विपक्षी दलसँगै बाँड्न जाने प्रस्ताव समेत गर्नुभयो । बजेट अवास्तविक र महत्वकांक्षी भएको सांसदहरूको आरोपमा जवाफ दिदै उहाँले अघिल्ला आर्थिक बर्षको बजेट र आगामी बर्षको बजेट तुलना गर्न सुझाव दिनुभयो । बजेट बनाउदा संयमता अपनाइएको भन्दै उहाँले बजेट अनुशासनमा समेत ध्यान दिइएको दाबी गर्नुभयो । यस वर्षको बजेटमा नीतिगत व्यवस्थाको प्रभावकारीतासँग जनसहभागिता प्रेरित गर्ने, कृषिमा बाँझो तथा उपभोगहीन जग्गामा भोलेन्टियर, सहकारी मार्फत कृषि उत्पादन बढाउने गरी बजेट आएको उहाँले स्पष्ट पार्नुभयो । औद्योगिक क्षेत्रको विकासबाट निर्यातका नयाँ क्षेत्रको खोजी गरिने उहाँको भनाइ छ । अर्थमन्त्री शर्माले कोरोना महामारी नियन्त्रण गर्न सबै नागरिकलाई खोप उपलब्ध गराइएका कारण जनजीवन सामान्य भएको उल्लेख गर्नुभयो । गरिबीको उच्च घनत्व भएको क्षेत्रमा बजेट केन्द्रित भएको र सामाजिक सुरक्षाका कार्यक्रममा पनि जोड दिइएको उहाँको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here