पोखरा ।। तारा एयर विमान दुर्घटनामा परेकामध्ये अहिलेसम्म करिब १६ जनाको शव फेला परेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले हालसम्म १६ वटा शव संकलन भइसकेको र अन्यको खोज्ने काम जारी रहेको हिमाल पे्रसलाई बताए । सबैको शव संकलनसँगै मुचुल्का तयार पारेपछि हेलिकोप्टरमार्फत् उद्धार गरिनेछ ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विन् ९एनएइटी विमान बिहान १०:११ पछि सम्पर्कविहीन भएकोमा भोलिपल्ट सोमबार बिहानमात्र मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे भन्ने भिरमा फेला परेको हो । विमानमा चालक दलका ३ सदस्यसहित १९ यात्रु गरी २२ जना सवार थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here