काठमाडौं ।। काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । दिउँसो ३ बजेसम्मको मतपरिणामअनुसार मेयरतर्फ स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५० हजार मत कटाएका छन् ।
उनले ५० हजार ३३९ मत प्राप्त गरेका छन् । १ लाख ३९ हजार ९४२ मत गणनामा नेपाली कांग्रेसका सिर्जना सिंहले ३० हजार ९५४ मत प्राप्त गरेकी छन् । उनलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन् ।
स्थापितले ३० हजार २२६ मत ल्याएका छन् । यस्तै, राप्रपाका मदनदास श्रेष्ठले ४ हजार ५९९ मत प्राप्त गरेका छन्।
यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले निरन्तरता अग्रता कायम गरेकी छ्। उनले ५४ हजार ९१ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १८ हजार ६५५ मत ल्याएका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here