काठमाडाैं ।। युक्रेनमा फसेका लाखौँ टन अन्नलाई निर्यात गर्न अन्तर्राष्ट्रिय समुदायले ‘सुरक्षित मार्ग’ बनाउन मद्दत गर्नुपर्ने युक्रेनी अधिकारीहरूले बताएका छन् । युक्रेनी उत्पादन निर्यात हुन नपाउँदा विश्व खाद्यान्नको मूल्य बढेको भन्दै युक्रनले खाद्यान्न निर्यात गर्न सुरक्षित मार्गको लागि आह्वान गरेको हो । युक्रेनका प्रथम उपप्रधानमन्त्री एवं अर्थमन्त्री युलिया स्भिरिडेन्कोले समस्या समाधान गर्ने एक मात्र उपाय समुद्री बन्दरगाहहरू खुल्ला गर्नुपर्ने बताउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई देशको समुद्री बन्दरगाहमाथिको नाकाबन्दी हटाउन सहयोग गर्न आग्रह गर्दै यसका लागि सैन्य साधन आवश्यक हुन सक्ने संकेत गर्नुभयो । रुसी आक्रमणपछि युक्रेनको गहुँ, तोरी लगायतको निर्यातमा गिरावट आउँदा विश्व बजारमा महङ्गी बढेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here