काठमाडाैं ।। गत शुक्रवार भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम चलिरहेको छ । यो खबर तयार पार्दासम्म ५ सय ४९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली काँग्रेसले २ सय ४६ स्थानीय तहमा जित हाँसिल गरेको छ भने ७४ स्थानमा अगाडी रहेको छ । यसैगरी नेकपा एमाले १ सय ५५ पालिकामा विजयी हुँदा ४२ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय ४ स्थानमा जित हाँसिल गरेको छ भने १३ स्थानमा अगाडी रहेको छ । अन्य तर्फ १९ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने १३ स्थानीय तहमा अगाडी छन् । जनता समाजवादी पार्टी (जसपा)ले १४ स्थानमा जित निकालेको छ भने २० स्थानमा अगाडी रहेको छ । नेकपा एकीकृत समाजवादीले १० स्थानमा जितेको छ भने १० स्थानमा अगाडी रहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक स्थानमा विजयी हुँदा ११ स्थानमा अगाडी छ ।
५४९ स्थानीय तहको मतपरिणाम आउँदा काँग्रेस पहिलो र एमाले दोस्रो स्थानमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।