काठमाडौँ ।। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)ले तीन हजार मतको अग्रता कायमै राखेका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार साहले ३ हजार १३० को मतान्तर बनाएका हुन् ।
साहले ६ हजार ६९२ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले ३ हजार ५६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार १२६ मत पाएकी छिन् ।
अहिलेसम्म वडा नं., १ र २ को मतगणना भइसकेको छ भने वडा नं. ३, ४, ५, ६, ३१ र ३२ को मत गणना भइरहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।