एजेन्सी ।। विश्वभर कोरोना भाइरसको सङक्रमण निको हुनेको सङ्ख्या ४७ करोडभन्दा धेरै भएको छ । गत २४ घण्टामा ६ लाख ५३ हजार निको भएसँगै कोरोना जित्नेको संख्या ४७ करोड ५ लाखभन्दा धेरै भएको हो । अहिलेसम्म विश्वभर ५१ करोड ५८ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ६२ लाख ७१ हजारको भने मृत्यु भएको छ । गत २४ घण्टामा मात्रै ५ लाख ५६ हजार नयाँ संक्रमित थपिँदा २ हजार ३ सयभन्दा धेरैको मृत्यु भएको छ । अझै पनि विश्वभर ३ करोड ९० लाख सक्रिय सङ्क्रमित रहेका कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ । जसमध्ये ४० हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here