राैतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको जिल्ला कारागार कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । बैशाख ३० गतेका दिन हुन् गई रहेको स्थानीय तहको निर्वाचनको मध्य नजर गर्दै जिल्ला कारागार कार्यालयको सुरक्षाको जिम्मा बुधवार देखि नेपाली सेनालाइ दिइएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले कारागार कार्यालयको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाइ दिइएको जानकारी दिनु भएको छ । निर्वाचनलाइ भए रहित बातावरणमा निस्पक्ष रुपमा सम्पन्न गराउन सुरक्षा निकाय गम्भीर रहेको बताए । उहाले रौतहट जिल्लामा शान्ति सुरक्षाको लागि नेपाली सेनाले २ ठाउमा ठुलो र ८ ठाउमा सानो कैम्प थपेर सुरक्षा गर्न लागेको जनाए । जिल्लाको मौलापुर , इशनाथ नगरपालिका , गुजारा नगरपालिका , गरुडा नगरपालिका , लक्ष्मीनिया लगायतका ठाउमा नेपाली सेनाको टोलीले कैम्प लगाएर गस्ती गर्न लागिएको हो । निर्वाचनमा मतदान केन्द्र र स्थलको सुरक्षाको लागि जिल्ला भरिमा साढे चार हजार भन्दा बढी नेपाल प्रहरी , सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिने प्र जी अ शाहीले जनाए । निर्वाचनलाइ शान्तिपूर्ण बातावरणमा सम्पन्न गराउनका लागि १ हजार ३ सय ७७ नेपाल प्रहरी , १ हजार सशस्त्र प्रहरी , २हजर ४ सय ८७ म्यादी प्रहरी खटाइने छन् । निर्वाचनको लागि रौतहटको १८ पालिकामा २७६ मतदान स्थल तथा ५१८ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । जिल्लामा १५७ वडाको संख्या रहेको छ भने २ लाख २२ हजार ९४५ पुरुष मतदाता र १ लाख ८५ हजार ४६ महिला मतदाता गरि ४ लाख ७ हजार ९९२ मतदाता रहेको छ
Home प्रदेश समाचार मधेश प्रदेश कारागार कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनालाइ , ५ हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन...
कारागार कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनालाइ , ५ हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन हुने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।