काठमाडाैं ।। करिव ६ महिनायता बैँक तथा वित्तीय संस्थाले पर्याप्त ऋण लगानी गर्न सकेका छैनन् । उद्यम–व्यवसाय गर्न चाहनेले बँैक तथा वित्तीय संस्थाबाट ऋण नपाएको गुनासो गरेका छन् । राष्ट्र बैँकले जारी गरेको मौद्रिक नीति मार्फत २०७९ असार मसान्तसम्म कर्जा निक्षेप अनुपात ९० भन्दा कम हुनुपर्ने व्यवस्था भएपनि ९० भन्दा बढि भएपछि ऋण प्रवाहमा समस्या देखिएको हो । देशका १८ वटा निजी बैँकको कर्जा निक्षेप अनुपात ९० भन्दा बढी पुगेको छ । जसको मारमा सर्वसाधारणदेखि व्यवसायीसम्म परेका छन् । बैँक तथा वित्तीय संस्थाबाट ऋण नपाएपछि व्यवसायीहरू महङ्गो ब्याजमा व्यक्तिबाट ऋण लिँदै समस्या टार्न थालेका छन् । २१ वर्षदेखि स्टेश्नरी व्यवसाय गर्दै आउनुभएका पाटनका केदारनाथ पोखरेलले बैँकबाट ऋण नपाएपछि २४ प्रतिशत ब्याजमा व्यक्तिबाटै ऋण लिँदै काम चलाइरहेको बताउनुभयो । चालु आर्थिक वर्षको आठ महिनामा निजी क्षेत्र तर्फ प्रवाह भएको कर्जा २२.५ प्रतिशतले बढेको छ । जबकी राष्ट्र बँैकले चालु आर्थिक वर्षमा १९ प्रतिशत प्रक्षेपण गरेको थियो । तरलता अभावको समस्या कम गर्न केहि वस्तुको आयातमा एलसी अर्थात प्रतितपत्र जारी गर्न कडाइ गरिएको राष्ट्र बैँकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले बताउनुभयो । अर्थविदहरू भने विगतमा बँैकबाट बढि कर्जा प्रवाह भएकै कारण लगानी गर्न थप रकमको अभाव भएको बताउँछन् । कोभिड–१९ को महामारी शुरू भएयता राष्ट्र बँैकले कर्जा विस्तारलाई अझ फराकिलो पारिदिएकै कारण समस्या देखिएको अर्थविद अनलराज भट्टराइको भनाइ छ । बैँकहरूसँग ४९ खर्ब ४२ अर्ब निक्षेप हुँदा ४७ खर्ब २२ अर्ब ऋण लगानी छ । तर ती ऋण उत्पादनमूलक क्षेत्रमा नभइ घरजग्गा, आयात जस्ता क्षेत्रमा लगानी हुँदा पनि यो अवस्था आएको आर्थिक जानकारहरूको बुझाइ छ ।
करिव ६ महिनायता बैँक तथा वित्तीय संस्थाले पर्याप्त ऋण लगानी गर्नसकेनन्
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।