काठमाडाैं ।। आउदो ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आज उम्मेद्वारी दर्ताको लागि समय तोकिएको भएपनि काठमाडौं तथा जिल्लाहरूमा थोरै सङ्ख्यामा मात्रै उम्मेद्वारी दर्ता भएको छ । निर्वाचन आयोगले उम्मेद्वारी दर्ताको लागि आज र भोलीको समय सीमा तोकेको छ । तर ठूला दलले अधिकांश स्थानमा उम्मेद्वारको टुङ्गो नै लगाएका छैनन् । साना दलका तथा स्वतन्त्र उम्मेद्वारी दिनेहरूले भने आज नै उम्मेद्वारी दिएका छन् । काठमाडौं महानगरको मेयर पदमा अहिलेसम्म १६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार पहिलो दिन साना राजनीतिक दल र स्वतन्त्र गरी १६ जनाको मेयर पदमा उम्मेदवारी परेको हो । त्यस्तै उपमेयर पदमा ८ जनाको उम्मेदवारी परेको छ । अन्य जिल्लाहरूमा पनि थोरै मात्रै सङ्ख्यामा उम्मेद्वारी परेको तथा तथ्याङ्क सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here