काठमाडाैं ।। नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि सङ्कल्प पत्र सार्वजनिक गरेको छ । काँग्रेसले आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरि चुनाब लक्षित सङ्कल्पपत्र सार्वजनिक गरेको हो । काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहित उपसभापति धनराज गुरुङ, पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगन थापा तथा विश्वप्रकाश शर्माले सामुहिक रूपमा सङ्कल्प पत्र सार्वजनिक गरेका हुन् । सबल स्थानीय सरकार समुन्नत गाउँ, समुन्नत नगर भन्ने नारासहित काँग्रेसले स्थानीय निर्वाचनका लागि सङ्कल्प पत्र सार्वजनिक गरेको छ । काँग्रेसले सङ्कल्पपत्र मार्फत जनतामुखी नीति अनुशरण गरी उत्तरदायी र जवाफदेही रूपमा सरकार सञ्चालन गर्ने, समुन्नत नेपालको राष्ट्रिय आकांक्षा अनुरूप स्थानीय तहले समुन्नत गाउँ, समुन्नत नगरका नीति र कार्यक्रमको ठोस मार्गचित्र तय गरी कार्यान्वयन गर्ने, संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई प्रत्याभूत गरेका जिम्मेवारी बहन गरी अधिकार सम्पन्न र प्रभावकारी सरकार सञ्चालन गर्ने जनाएको छ । यस्तै, दिगो विकासको लक्ष्य अनुसार स्थानीय तहले हासिल गर्न सक्ने स्थानीय लक्ष्य निर्धारण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, सामाजिक न्याय र समावेशिताको संवैधानिक मर्मलाई आत्मसात गर्दै सवै क्षेत्रमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्ने, स्थानीय सरकारलाई जनताको सेवकको रूपमा विकसित गर्ने सङ्कल्प काँग्रेसको छ । पत्रकार सम्मेलनमा महामन्त्री थापाले नागरिकको व्यक्तिगत स्वतन्त्रता र अधिकारको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने, नागरिक बडापत्र जारी गरी सेवाको सार्वजनिकीकरण गर्ने तथा आयोजनाहरूको प्राथमिकीकरण र छनौटको सार्वजनिक सुनुवाइ गरि सुशासन कायम गर्ने सङ्कल्प रहेको बताउनुभयो । यस्तै, स्थानीय तहबाट प्रदान गरिने प्रत्येक सेवा अनलाईन एवं अफलाईन माध्यमबाट नागरिक वडापत्र उपलब्ध गराउने, स्थानीय तहबाट प्रदान गरिने प्रत्येक सेवाहरू नागरिक वडापत्र अनुरूप प्रवाह भए–नभएकोबारे कडाइका साथ अनुगमन गर्ने , संविधानले प्रत्याभूत गरेको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई हस्तान्तरण गर्न सङ्घीय सरकारले एक बर्षभित्र सम्पूर्ण आवश्यक कानून निर्माण गर्ने पनि काँग्रेसले बताएको छ । यस्तै संविधानले दिएको दायित्व र नागरिकको अपेक्षा पूरा गर्न स्थानीय तहमा आवश्यक संस्थागत संरचना र संयन्त्र एक वर्षभित्र स्थापित गर्ने, विकास–निर्माण र सेवा प्रवाहमा एक रूपता ल्याउन र स्रोतको समुचित उपयोग गर्न सङ््घ, प्रदेश र स्थानीय तहसँग निरन्तर सहकार्य, समन्वय र परामर्श गर्ने संयन्त्र निर्माण गर्ने पनि काँग्रेसले जनाएको छ । काँग्रेसले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले गरेका कामको फेहरिस्त पनि सार्वजनिक गरेको छ । आसन्न निर्वाचनको लागि दलहरूले घोषणापत्र तथा सङ्कल्पपत्र जारी गर्ने क्रम चलिहरेको छ ।
काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि सङ्कल्प पत्र सार्वजनिक
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।