काठमाडाैं ।। आज छन्द दिवस आज मनाइँदैछ । कवितामा छन्दको प्रयोग घट्दै गएपछि त्यसलाई जोगाउन कवि माधव वियोगीले २०५३ सालमा आजकै दिन अभियान सुरु गर्नुभएको थियो । दिवसको अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदैछन् । पञ्चाङ्ग निर्णायक समितिले हरेक बैशाख ८ गते छन्द दिवस मनाउन सहमति दिएको दिएको छ ।





