एजेन्सी ।। श्रीलङ्कामा आर्थिक सङ्कटका कारण औषधि अभाव हुन थालेको छ । बिरामीका लागि अत्यावश्यक औषधिको अभाव हुन थालेको भन्दै त्यहाँको स्वास्थ्य अधिकारीले तत्काल औषधि र स्वास्थ्य उपकरणको व्यवस्थापनमा जुट्न सरकारलाई आग्रह गरेका समाचार संस्था एएफपीले जनाएको छ । अभाव र मूल्यवृद्धिको विरोधमा नागरिकले आन्दोलन गरिरहेका छन् । तत्कालीन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री नियुक्त गरेर सरकार सञ्चालन भइरहेको छ । तर सरकारले समस्या समाधान गर्न ठोस कदम चाल्न नसकेको भन्दै आलोचना हुँदै आएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रदर्शनकारीलाई वार्तामा आउन आग्रह गरेपनि वार्ता हुन सकेको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here