नुवाकोट ।। जिल्ला मालपोत कार्यालय नुवाकोटले १४ करोड रुपैयाँ भन्दाबढि राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ को आठ महिनामा १४ करोड नौ लाख ४६ हजार ६ सय ४३ रुपैया राजश्व सङ्कलन गरेको हो । प्रमुख मालपोत अधिकृत होमनाथ सेढाइले सो अवधिमा कार्यालयले लिखत पास, नामसारी, दृष्टिवन्धक, बकसपत्र, रोक्का दस्तुर, अंशवण्डा लगायतका शिर्षकबाट राजश्व सङ्कलन गरिएको जानकारी दिनुभयो । कार्यालयको पुँजीगत लाभकर भने ६ करोड २९ लाख ९५ हजार तीनसय ४० रुपैयाँ रहेको छ । नेपालमा १९७९ साल वैशाख १ गतेवाट लिखत रजिष्ट्रेशन पारित गरि घर जग्गाको हस्तान्तरण हुन थालेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here