रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले प्रयोग गर्दै आएका सरकारी नम्बर प्लेट भएको सवारीसाधनहरु शुक्रवार सामुहिक रुपमा नगरपालिकाको जिम्मा लगाएका छन् ।
गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले पत्रकार सम्मेलनको आयोजना गरि उक्त सवारी साधनहरु नगरपालिकालाइ फिर्ता गरेका हुन् ।
आउदो २०७९ साल बैशाख ३० गतेका दिन स्थानीय तहको निर्वाचनको मिति घोषणा भै सकेको र निर्वाचन आयोग नेपालले निर्वाचन अचार सहिंता लागु गर्ने पूर्ण तयारी गरि सकेकोले नैतिक रुपमा सरकारी गाडी प्रयोग गर्न नमिल्ने भएकोले सवारी साधन फिर्ता गरिएको मेयर गुप्ताले बताए । उहाले राजीनामा नदिए सम्म नगरबासीको कार्य गर्दै जाने समेत बताए ।
मेयर गुप्ताले प्रयोग गर्दै आएको सरकारी नम्बर प्लेटको स्कार्पियो र ९ वटै वडा अध्यक्षले प्रयोग गर्दै आएको पल्सर मोटर साइकलको साचो नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुरलाइ जिम्मा लगाईएको हो ।
निर्वाचन आचार संहिता लागु भए संगै सरकारी गाडी प्रयोग गर्न नपाइने भएकोले अचार सहिंता लागु हुनु पुर्व नै गौर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले बुझेका सवारी साधन फिर्ता गरेर अन्य नगरपालिकाका प्रमुख , उपप्रमुख र वडा अध्यक्षहरुलाई सवारी साधन हस्तानान्तरण गर्न दवाव सृजना गरेका हुन् ।
१८ स्थानीय तह रहेका रौतहट जिल्लामा सवै भन्दा पहिला सरकारी गाडी फिर्ता गर्न मध्येमा गौर नगरपालिका पहिलो स्थानीय तहको रुपमा स्थान हासिल गरेको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश मधेशमै पहिलो गौर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले फिर्ता गरे सवारीसाधन
मधेशमै पहिलो गौर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले फिर्ता गरे सवारीसाधन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।