रौतहट ।। कोभिड पोजेटिभ भई मृत्यू भएका माधवनारायण नगरपालिका सि.अ.हे.व.अ. फेकन ठाकुरका परिवारलाई २४ लाखको सहयोग गरिएको छ ।
आज शुक्रवार एक कार्यक्रम विच माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र यादवले मृतक ठाकुरका श्रीमति संगिता देवीलाई उक्त २४ लाखको चेक हस्तनान्त्रण गर्नु भएको हो ।
२०७७ बैशाख ३१ गते कोरोना महामारीको समयमा डिउटीमै खटिएकै समयमा कारोना पोजेटीभ भई मृत्यु भएका ठाकुरका परिवारलाई स्वास्थ्यकर्मी जोखिम विमा अन्तर्गत नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गरेको विमाको आधारमा विमितलाई उक्त २४ लाख रकम चक उपलब्ध गराईएको माधवनारायण नपाका स्वास्थ्यकर्मी राजेश यादवले जानकारी गराएका छन् ।
विमित परिवारलाई उक्त चेकको लागि मेयर विरेन्द्र यादव, निमिति प्रमुख प्रशासकीय अधिकृत जियालाल यादव, स्वास्थ्य शाखा, स्थानीय तह स्वास्थ्यकर्मी संजालका अध्यक्ष प्रदिप साहको विशेष सहयोग रहेको स्वास्थ्य यादवले बताए ।
Home प्रदेश समाचार मधेश प्रदेश स्व.ठाकुर परिवालाई २४ लाखको चेक मेयर विरेन्द्र यादवद्वारा हस्तनान्त्रण





