काठमाडाैं ।। पाकिस्तानमा संसद भङ्ग गर्ने विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई हुँदैछ । पाकिस्तानी सञ्चार माध्यमहरूका अनुसार संसद भङ्गको विषयमा आज मध्यान्ह १२ बजेका लागि सुनुवाई तोकिएको छ । हिजोका लागि तोकिएको सुनुवाई संसदका उप सभामुखले आजसम्मका लागि स्थगित गरेका थिए । आजको सुनुवाइ प्रक्रिया पछि कुनै आदेश जारी नगरिने पाकिस्तानका प्रमुख न्यायाधीश उमर अता बान्दियालले बताउनुभयो । यसअघि, विपक्षी पार्टी पाकिस्तान पीपुल्सले रिट दायर गर्दै सुनुवाईका लागि अदालतका सबै १६ जना न्यायाधीशको बेन्च तोक्न माग गरेको थियो । पाकिस्तानमा बढ्दो राजनीतिक र आर्थिक सङ्कटका कारण परिस्थिति बिग्रिदै गएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइतवार संसद भङ्ग गर्नुभएको थियो । प्रधानमन्त्रीले संसद भङ्ग गरेपछि विपक्षी दलले विरोध गरेको छ । पाकिस्तानमा भ्रष्टाचार नियन्त्रण र आर्थिक समस्या समाधान गर्न सरकार असफल रहेको भन्दै आलोचना भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here