काठमाडाैं ।। काठमाडौँ, पोखरा, धनगढी, सुर्खेत लगायतका मुख्य सहरहरूमा अहिले पनि प्रदुषणको मात्रा स्वास्थ्यको लागि हानिकारक अवस्थामा छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वायु गुणस्तर निगरानी केन्द्रका अनुसार यी सहरमा प्रदुषणको मात्रा स्वास्थ्यको लागि हानिकारण देखिएको हो । यो प्रदुषण तत्काल घट्ने सम्भावना निकै कम रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रदुषण कम हुनको लागि ठूलो वर्षा वा तीव्र गतिको हावा चल्नुपर्छ । तर तत्काल ठूलो पानी पर्ने वा तीव्र गतिको हावा चल्ने सम्भावना नरहेकाले प्रदुषण कम नहुने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभावले बादल लागेको भए पनि ठूलो पानी पर्ने सम्भावना निकै कम छ । तर स्थानीय वायुको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here