एजेन्सी ।। संयुक्त राष्ट्र सङ्घले युक्रेन–रुस युद्धका कारण विश्वभर खाद्यान्न सङ्कट उत्पन्न हुन सक्ने बताएको छ । राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रसले युक्रेन–रुस युद्धका कारण खाद्यान्न आपूर्ति चक्र र खाद्यान्नको मूल्य नाटकीय रुपमा प्रभावित बन्न थालेकोमा चिन्ता समेत व्यक्त गर्नुभयो । यस्तै यमनमा खाद्यान्न अभावका कारण जनजीवन प्रभावित बनेको छ । खाद्यान्नको ९० प्रतिशत क्षेत्र रुस र युक्रेनले ओगटेको यमनमा खाद्यान्न अभाव हुन थालेपछि भोकमरिको चिन्ता उत्पन्न भएको राष्ट्र सङ्घले जनाएको छ । युद्धका कारण गहुँ निर्यात बन्द भएपछि यमनमा भोकमरिको अवस्था उत्पन्न हुन थालेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here