काठमाडाैं ।। अन्तर व्यवस्थापिका सङघ (आईपीयू) को ११४ औँ सम्मेलन इन्डोनेशियाको बालीमा सुरु भएको छ । विश्वभरबाट १ सयभन्दा बढी देश सहभागी सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल सहभागी रहेको छ । अन्तर व्यवस्थापिका सङ्घ तथा इन्डोनेशियाको संसदको आयोजनामा हिजो साँझदेखि सुरु सम्मेलन यही चैत १० गतेसम्म चल्नेछ । सम्मेलनमा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनाले ‘शून्य उत्सर्जन प्राप्त गर्नः जलवायु परिवर्तन सम्बन्धी कार्यमा संसदको परिचालन’ विषयमा सम्वोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष तिमल्सिना नेतृत्वको प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ र अनिता देवकोटा तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र कुमार कार्की र उमाशंकर अरगरिया सहभागी हुनुहन्छ । सङ्घीय संसदका महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाल, अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय पनि भ्रमण टोलीमा सहभागी हुनुहुन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here