काठमाडाैं ।। दक्षिण एसियाली देशमा नेपाल सबैभन्दा खुसी देश भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घको दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको विश्व खुसी प्रतिवेदनले दक्षिण एसियाली देशमा नेपाल सबैभन्दा खुसी देश भएको देखाएको हो । प्रतिवेदन अनुसार यो वर्ष नेपाल ५ दशमलव ३७७ अङ्कसहित सूचीको ८४औँ स्थानमा छ । गत वर्ष ५ दशमलव २६९ अङ्कसहित सूचीको ८७औँ स्थानमा रहेको नेपालले यो वर्ष ३ स्थान सुधार गरेको हो । प्रतिवेदन अनुसार दक्षिण एसियामा नेपालपछि खुसी हुने देशमा बङ्गलादेश परेको छ । सूचीअनुसार फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश हो । फिनल्यान्ड लगातार ५ वर्षदेखि सूचीको शीर्षस्थानमा रहँदै आएको छ । यस्तै, डेनमार्क दोस्रो, आइसल्यान्ड तेस्रो, स्वीट्जरल्यान्ड चौथो र नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेका छन् । प्रतिव्यक्ति आम्दानी, वास्तविक जीडीपी, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार सूचकलगायतलाई विश्व खुसी प्रतिवेदनले आधार मान्ने गरेको छ । यसैबीच आज विश्व खुसी दिवस परेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here