काठमाडाैं ।। इटालियन सिरी ए फुटबलमा एसी मिलानले जित हात पारेको छ । गयराति भएको खेलमा मिलानले काग्लियारीलाई १–० गोल अन्तरले हराएको हो । मिलानलाई जित दिलाउन इस्माइल बेनेसरले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ५९ औं मिनेटमा गोल गर्नुभयो । यस जितसँगै शीर्ष स्थानको मिलानले ३० खेलमा ६६ अङ्क जोडेको छ । काग्लियारी २५ अङ्क जोडेर १७ औं स्थानमा रहेको छ । अर्को खेलमा इन्टर मिलान भने बराबरीमा रोकिएको छ । इन्टरले फियोरेन्टिनासँग १–१ गोलको बराबरी खेलेको हो । इन्टर ६० अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । फियोरेन्टिना ४७ अङ्क जोडेर आठौं स्थानमा रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।