राैतहट ।। प्रादेशिक अस्पताल गौरको आयोजनामा निशुल्क हाईड्रोशिल अप्रेशन सम्वन्धि संचारकर्मी विचको एकदिने अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
नेपाल सरकारको सहयोगमा हुने निशुल्क अप्रेसन सम्वन्धि सम्वन्धित व्यक्तिलाई जानकारी गराउने उदेश्यले आयोजित कार्यक्रममा प्रादेशिक अस्पताल गौरका मेडिकल सुप्रिटेनडेन्ट डाक्टर कृष्णा साहले आगामी अषाढ मसान्त सम्म यो शिविर संचालन हुने भएकोले ग्रसित व्यक्तिले आएर सेवा लिन आग्रह गरेका छन् ।
उहाले ७५ जनालाइ निशुल्क अप्रेशन गर्ने लक्ष्य भएकोले अहिले सम्म १४ जनाको निशुल्क हाइड्रोशिलको अप्रेशन गरि सकेको जनाए । डाक्टर फिरोज अन्जुमले अप्रेशन गर्ने गरेको जानकारी दिदै साहले सिमित संख्या भएकोले यो रोगबाट ग्रसित भएका व्यक्तिले समय मै सम्पर्क गर्न अनुरोध समेत गरे ।
प्रादेशिक अस्पताल गौरमा वर्तमान अवस्थामा दक्ष चिकित्सक भएपनि उपकरणको अभाव कायमै रहेको बताए । मधेश प्रदेश सरकार संग सिआर मशिन तथा बेहोशी गर्ने उपकरणको लागि पटक पटक तगेदा गर्दा समेत उपलव्ध गराउन नसकेको गुनासो गरे ।
फिजियोथेरापीको व्यवस्था समेत भएको जानकारी गराउदै डाक्टर साहले समयमा प्रदेश सरकारले माग गरिएको उपकरण उपलव्ध गराए उपचारको लागि बाहिर जाने अवस्थाबाट मुक्त हुने विश्वास व्यक्त गरे ।
मधेश प्रदेश सरकारको सामजिक विकास मन्त्रालयको जिम्मेवार व्यक्तिको निस्कृयताको कारण स्वास्थ्य र शिक्षाको अवस्था दैनिय बन्दै गएको छ । मानिसको जीवन सित प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य जस्तो संवेदनशिल सस्था प्रति मन्त्रालय गम्भीर नहुदा उपचार गराउन आउने गरिव एवं मध्यम बर्गका व्यक्तिलाइ समस्या उत्पन्न हुने गरेको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश सदस्य शैलेन्द्र झा , जिल्ला सभापति प्रेमचन्द्र झा , डाक्टर फिरोज अन्जुम समेतले प्रादेशिक अस्पताल गौरमा भै रहेको निशुल्क हाइड्रो शिलको अप्रेशन शिविर मा सहभागी हुन् पिडितहरुलाई आग्रह गरेका हुन् ।





