काठमाडाैं ।। आगामी स्थानीय तहको निर्वाचन कार्ययोजनाका बारेमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कमिटी बैठकमा छलफलका विषय तय गर्ने बारेमा पनि आज दिउँसो ३ बजे बस्ने केन्द्रीय सचिवालयको बैठकमा कुराकानी हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने छ । स्थानीय तह निर्वाचनको कार्ययोजनालाई अन्तिम रूप दिन केही दिनभित्रैमा केन्द्रीय कमिटी बैठक बोलाउने तयारी पनि एमालेको छ । प्रचार विभाग उपप्रमुख रिजालले एमालेको सिङ्गो पङ्क्तिलाई निर्वाचन केन्द्रीत गराउन पोलिटब्यूरो बैठक पनि छिट्टै बोलाउने विषयमा कुराकानी भइरहेको बताउनुभयो । एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here