सांकेतिक तस्विर

धनगढी ।। नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको प्रस्टीकरण दिएका छन् ।
धनगढीमा सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको भए पनि ‘भिलेन’ फेला पर्दा विभाजित हुनुपरेको बताए ।
‘गठबन्धन गरेर पार्टी एकता गरौँ । पार्टी एकता गर्नु गलत थिएन’, प्रचण्डले भने, ‘तर, भिलेन फेला पर्‍यो । भिलेनसँग लड्दालड्दै विभाजित हुनुपर्‍यो ।’
एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र भएको आरोप लगाएका उनले माओवादीबाट आएका नेताहरूमाथि विभिन्न आरोप लगाएको बताए ।
‘पार्टी एकता गरेपछि हामीमाथि षड्यन्त्र हुनथाल्यो । माओवादीबाट आएका नेतालाई आरोपित गरियो,’ प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले माओवादी संसद् विघटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली एक्लैले नभई विदेशी शक्ति र न्यायालय पनि जोडिएर भएको बताए।
उनले भने संसद् विघटन एउटा ठूलो सेटिङ थियो । उनले माओवादी जनयुद्धको बलमा प्राप्त संघीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङ अन्तर्गतको उक्त षड्यन्त्र भएको र सो सङ्घर्षमा केपी ओली एउटा माध्यम भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here