एजेन्सी ।। बेलायतले युक्रेनी शरणार्थीको व्यवस्थापनका लागि ल्याइएको योजना सार्वजनिक गरेको छ । बेलायतका आवास सचिवले युक्रेनका लागि घरहरू योजना अन्तर्गत, मानिसहरूले कम्तिमा छ महिनासम्म उनीहरूसँग भाडामा वा अन्य सम्पत्तिमा बस्नको लागि नामित व्यक्ति वा परिवारलाई मनोनयन गर्न सक्ने बताएका छन् । युक्रेनबाट आएका शरणार्थीलाई आश्रय दिनेलाई ३ सयभन्दा धेरै पाउण्ड रकम दिइने भएको छ । प्रायोजक हुन चाहनेका लागि आजबाट वेबसाइट सुरु हुँदैछ । योजनामा युक्रेनीहरूलाई काम गर्ने र सार्वजनिक सेवाहरूमा पहुँच दिने अधिकारसहित तीन वर्षसम्म बस्न दिइनेछ । यसैबीच बेलायतका स्वास्थ्य तथा सामाजिक हेरचाहका लागि राज्य सचिव साजिद जाविदले क्यान्सर भएका २१ युक्रेनी बालबालिकालाई उपचार जारी राख्न बेलायत ल्याइएको बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here