काठमाडाैं ।। नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन आवेदन खुल्ला गरेको छ । वैदेशिक रोजगार विभागअन्र्तगतको ईपीएस शाखाले आज सूचना जारी गर्दै ९ हजार ६ सय ५४ जनाको आवेदन खुला गरेको हो । सन् २०२२ र २०२३ अनुसार दक्षिण कोरियाले उत्पादन तर्फ ६ हजार ९ सय १४ र कृषि तथा पशुपालन तर्फ २ हजार ७ सय ४१ श्रमिक लैजाने छ । कृषि तथा पशुपालनतर्फ छनोट भएका व्यक्तिले सन २०२२ भित्रै दक्षिण कोरिया पुगेर काम सुरु गर्न सक्नेछन् भने उत्पादन तर्फ छनोट भएका व्यक्तिले सन् २०२३ मा काम सुरु गर्ने ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिनुभयो । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउने व्यवस्था छ । जुन क्षेत्रका लागि परिक्षा आवेदन फारम भरेको हो, भाषा परीक्षा उतीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फारम भर्नुपर्नेछ । दक्षिण कोरियाले नेपालसहित १६ देशबाट ईपीएसअन्र्तगत रहेर श्रमिक आयात गर्दै आएको छ । नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत डेढ लाखको हाराहारीमा प्रशिक्षार्थी श्रमिक कोरिया गइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here