काठमाडाैं ।। देशभर पछिल्लाे २४ घण्टामा थप १ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा पीसीआर, एन्टिजेन र आरडीटी विधिबाट नौ हजार तीन सय २८ जनाको नमुना परीक्षण गर्दा एक सय १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । २४ घण्टा मै चार सय २९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना जित्नेको सङ्ख्या नौ लाख ६० हजार चार सय ९७ जना पुगेको छ । पछिल्लो ४८ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अझै पनि पाँच हजार तीन सय ४० जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । यस्तै २४ घण्टामा एक लाख २९ हजार दुई सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here