मुम्बइ ।। बलिउडका दिवंगत अभिनेता ऋषि कपुरको अन्तिम चलचित्र ‘शर्माजी नमकिन’ रिलिज हुने भएको छ । चलचित्र यही मार्च ३१ मा अमेजोन प्राइम भिडियोमार्फत विश्वव्यापी रिलिज हुँदै छ । यसमा ऋषि र परेश रावल एकैसाथ र एउटै भूमिकामा देखिँदै छन् ।
लामो समयदेखि क्यान्सरसँग लडिरहेका अभिनेता कपुरको सन् २०२० अप्रिल ३० मा मुम्बईमा निधन भएको थियो । निधनको करिब दुई वर्षपछि अन्तिम चलचित्र रिलिज हुन लागेको हो ।
निधनअघि कपुर यही चलचित्रको छायांकनमा थिए । चलचित्र सकाउन नपाउँदै उनको निधन भएको थियो । निधनपछि कपुरको बाँकी भूमिका रावलले निभाएका छन् ।
‘शर्माजी नमकिन’मा सेल्फ–रियलाइजेसन र स्वयंलाई खोज्ने प्रयास गरिरहेका एक सेवानिवृत्त व्यक्तिको रोचक कथा छ । हितेश भाटियाको निर्देशनमा बनेको चलचित्रमा कपुर, रावलसहित जुही चावला, सुहैल नय्यर, तारुक रैनालगायत कलाकारको मुख्य भूमिका छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here