काठमाडाैं ।। नेपालमा महिला तथा बालिकाविरुद्ध हुने हिंसात्मक घटनामा कमि नआएको एक अध्ययनले देखाएको छ । बेचविखन तथा ओसारपसार, बलात्कार, यौन दुब्र्यवहार, घरेलु हिंसा, दाइजोका कारण हत्या, बोक्सीको आरोप लगायतका विभिन्न हिंसामा पर्नेको सङ्ख्या झन् बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ । इन्सेकका अनुसार सन् २०२० मा ४ हजार १ सय ८ जना महिला र बालिका विभिन्न हिंसामा परेकामा सन् २०२१ मा यो सङ्ख्या बढेर ४ हजार ९ सय ६६ पुगेको छ । इन्सेकले महिलाको मानव अधिकारको अवस्थाको अनुगमन गर्ने क्रममा असमान ज्याला, पारम्परिक विभेद, सुरक्षित यौन तथा प्रजनन अधिकारका पीडितको भने अभिलेख नराखेको जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here